neapl investment mega bank

प्रहरीद्धारा २० जना जुवाडे पक्राउ

Sep 18th, 2021

काठमाडौ, असोज २

काठमाडौँको जोरपाटीमा जुवाखालबाट २० जना जुवाडे तास नगद चार लाख ७४ हजार ७५ सहित पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार काठमाण्डौं जिल्ला जोरपाटी स्थितमा केही मानिसहरुले पैसामा हारजित हुने गरी अवैध रुपमाजुवातास खेली खेलाई रहेका छन् भन्ने प्राप्त गोप्य सूचनाको आधारमा बृत बौद्धबाट खटीएको टोलिएको जुवाडेहरुलाई पक्राउ गरेको हो । कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपाने समेतको प्रहरी टोलीले यही असोज एक गते शुुक्रबार राती ११ बजेको समयमा काठमाण्डौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.५ जोरपाटी चामुण्डागेट स्थित तिव्वतियन क्याम्प भित्र रहेको तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपको घरमा गई हेर्दा उक्त घरमा निज घरधनिसहित २० जना अवैध रुपमा जुवातास खेलि रहेको अवस्थामा फेला पारी नियनत्रणमा लिई वृत्त बौद्धवाट अनुसन्धान भई रहेको जनाएको छ ।

उनीहरुको साथबाट चार नगद रकम चार लाख ७४ हजार ७५ रुपैयाँ, क्यासिनोमा प्रयोग हुने क्वाईन ४६४ थान, बिभिन्न व्यक्तीहरुको नाममा काटेको बिभिन्न बैंकको बिभिन्न रकम उल्लेखीत २८ थान चेक र एक सय थान कौडा बरामद भएको परिसरले जानकारी दिएको छ ।