neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चोरीका मोटरसाईकल सहित तीन जना पक्राउ

Sep 18th, 2021

काठमाण्डौ, असोज २

ट्राफिक प्रहरीले काठमाण्डौं स्थित थलीबाट चोरीका मोटरसाइकल सहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चोरी गरि लगीरहेको अबस्थामा बाग्मती प्रदेश०२–०१५प ६१७२ नम्बरको २२० सिसिको कालो निलो पल्सर सहित सिन्धुपाल्चोक पाँचपोखरी थामपालका बिजय धिताललाई कागेश्वरी–मनहरा वडा नं ५ स्थित थलीबाट नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले दिनुभयो ।

उहाँले उक्त मोटरसाईकल धनी खोटाङ्ग घर भई काँडाघारी बस्ने संजीब राईले यहि भदौ ३१ गते अन्दाजी ४ बजे पार्किङ्ग गरिरहेको अबस्थामा लभडाँडा काडाघारीबाट हराएको भनी जानकारी दिएका थिए भने सोही सुचनाको आधारमा खोजतलास गर्दै जाँदा उक्त स्कुटर फेला परेको बताउनुभयो ।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान गर्ने क्रममा जिल्ला सिन्धुपाल्चोक मेलम्ची घर भई साँखु बस्ने बर्ष २६ को जीत बहादुर र २४ बर्षे बिष्णु तामाङ्ग (पाख्रीन) समेत भई चोरी गरेको र निजहरुसँग अर्को चोरीको मोटरसाईकल समेत रहेको खुल्न आएको थियो । निजहरुलाई खोजतलास गर्ने क्रममा माकलबारीबाट भाद्र १५ गते कोटेश्वरबाट हराएको निलो रङ्गको २२० सिसिको पल्सर सहित पक्राउ परेका हुन । तारकेश्वर बस्ने सुमन धितालको प्रदेश ३–०२–००१प ७२८६ नम्बरको उक्त मोटरसाईकलमा नम्बर परिवर्तन गरि प्रदेश ३–०२–००७प ८४९४ भएको अबस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका जीत बहादुर र बिष्णु दाजुभाई रहेको समेत अनुसन्धानबाट खुल्न आएको ट्राफिक महाशाखाले जनाएको छ ।मोटरसाईकल चोरीमा संलग्न तिनै जनालाई मोटरसाईकल सहित महानगरीय प्रहरी बृत्त बानेश्वरमा थप अनुसन्धान एव कारबाहिको लागी पठाएको ट्राफिक महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi