neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युरोपा कन्फ्रेन्स लिग : बराबरीमा रोकियो टोटेनहम

युरोपा कन्फ्रेन्स लिग : बराबरीमा रोकियो टोटेनहम

Sep 17th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असोज १

युरोपा कन्फ्रेन्स लिग फुटबलमा टोटेनहम बराबरीमा रोकिएको छ ।बिहीबार राति भएको नयाँ सिजनको आफ्नो पहिलो खेलमा टोटेनहमलाई रेनेसले २-२ गोलको बराबरीमा रोकेको हो ।

खेलमा टोटेनहमको लागि पिएर्‍ए एमिले होज्बेर्गले एक गोल गरे। टोटेनहमले एक गोल आत्मघाती उपहार पाएको थियो । रेनेसको फ्लेभियन टेट र गायतन लाबोर्डेले एक-एक गोल गरे ।

खेलमा पहिलो अग्रता टोटेनहमले आत्मघाती गोलबाट लिएको थियो।खेलको ११ औँ मिनेटमा रेनेसका लोइक बाडेले आत्मघाती गोल गरेका थिए।तर, खेलको २३ औँ मिनेटमा रेनेसका फ्लेभियन टेटले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए।

दोस्रो हाफको ७१ औं मिनेटमा रेनेसका गायतन लाबोर्डेले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।तर, खेलको ७६ औँ मिनेटमा टोटेनहमका पिएर्‍ए एमिले होज्बेर्गले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै समुह (जी) मा रहेका दुवै टोलीले समान एक-एक अंक जोडेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi