neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युरोपा लिग फुटबलमा वेस्ट ह्यामको सहज जित

युरोपा लिग फुटबलमा वेस्ट ह्यामको सहज जित

Sep 17th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असोज १

युरोपा लिग फुटबलमा वेस्ट ह्यामले सहज जित निकालेको छ ।बिहीबार राति भएको नयाँ सिजनको आफ्नो पहिलो खेलमा वेस्ट ह्यामले डिनामो जाग्रेबलाई २-० गोलले पराजित गरेको हो ।

वेस्ट ह्यामलाई जित दिलाउन माइकल एन्टोनियो र डिक्लन राइसले एक-एक गोल गरे।वेस्ट ह्यामले एक गोल पहिलो हाफ र एक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको २१ औं मिनेटमा माइकल एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफको ५० औं मिनेटमा डिक्लन राइसले गोल गर्दै ह्यामलाई २-० सहज को जित दिलाए ।

जितसँगै समुह (एच) मा रहेको वेस्ट ह्यामले लिगको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । पराजित डिनामो जाग्रेब अंक विहिन पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi