neapl investment mega bank
  • गृहपृष्ठ
  • गरिमा विकास बैंकका ग्राहकलाई ‘आगन्तुक रिर्सोट’मा २३ प्रतिसतसम्मको छुट

गरिमा विकास बैंकका ग्राहकलाई ‘आगन्तुक रिर्सोट’मा २३ प्रतिसतसम्मको छुट

Sep 16th, 2021

काठमाडौ, भदौ ३१

पर्यटकीय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’सँग गरिमा विकास बैंकले विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धी सम्झौता गरेको छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले रिर्सोटको रुममा २३ प्रतिसत र फुड एण्ड वेभरेजमा १४ प्रतिसत छुट पाउनसकिने छ ।

साथै, ‘द एभरेष्ट होटल’ सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दे होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा १५ प्रतिसत छुट सम्बन्धी सम्झौता गरेको छ ।