neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • आरबी लाइपजिगको पोस्टमा सिटीको आधा दर्जन गोल

आरबी लाइपजिगको पोस्टमा सिटीको आधा दर्जन गोल

Sep 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ३१ भदौ

च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।बुधबार राति भएको नयाँ सिजनको आफ्नो पहिलो खेलमा सिटीले आरबी लाइपजिगलाई ६-३ गोलले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीलाई जित दिलाउन नाथन एके,रियाद महारेज,ज्याक ग्रिलिस,जोआओ क्यान्सलो र गेब्रियल जिससले एक-एक गोल गरे ।सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

आरबी लाइपजिगका क्रिस्टिोफर नकुन्कुले ह्याट्रिक गरेका थिए ।खेलको ७९ औं मिनेटमा लाइपजिग १० खेलाडीमा सिमित रहेर खेलेको थियो । लाइपिजका एन्जेलिनो ७९ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाडन् परेको थियो ।

जितसँगै समुह (ए) मा रहेको सिटीले लिगको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ । लाइपजिग अंक विहिन पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi