neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लिभरपुलको पुनरागमन जितसँगै नयाँ सिजनको सुखद सुरुवात

लिभरपुलको पुनरागमन जितसँगै नयाँ सिजनको सुखद सुरुवात

Sep 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ३१ भदौ

च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले जितसँगै नयाँ सिजनको सुखद सुरुवात गरेको छ ।बुधबार राति भएको नयाँ सिजनको आफ्नो पहिलो खेलमा लिभरपुलले इटालियन क्लब एसी मिलानलाई ३-२ गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह र जोर्डन हेंडरसनले एक-एक गोल गरे ।लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको नवौं मिनेटमा एसी मिलानका फिकायो टोमोरीले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लिएको थियो ।

खेलको ४२ औं मिनेटमा एसी मिलानका एन्टी रेबिकले गोल गर्दै खेल बराबरीमा ल्याए ।लगत्तै,४४ औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै एसी मिलानलाई पहिलो हाफमा २–१ ले अघि बढाए।

दोस्रो हाफको ४८ औं मिनेटमा लिभरपुलका मोहम्मद सलाहले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि खेलको ६९ औं मिनेटमा जोर्डन हेंडरसनले गोल गर्दै लिभरपुललाई ३(२ को जित दिलाए ।

जितसँगै समुह (बि) मा रहेको लिभरपुलले लिगको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । एसी मिलान अंक विहिन पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi