neapl investment mega bank
  • गृहपृष्ठ
  • एसिएन अफ्रिकन चेम्बर अफ कमर्शमा डा पोखरेल

एसिएन अफ्रिकन चेम्बर अफ कमर्शमा डा पोखरेल

Sep 15th, 2021

काठमाडौ, भदौ ३०

एसिएन अफ्रिकन चेम्बर अफ कमर्श एण्ड ईन्डस्ट्रिजको नेपाल चेप्टरमा वल्र्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा शम्भु पोखरेल चयन भएका छन । चेम्बरको सोमबार बसेको सञ्चालक समितिको बैठकले त्यस्तो निर्णय गरेको एसिएन अफ्रिकन चेम्बर अफ कमर्श एण्ड ईण्डस्ट्रिजले जनाएको छ । एसिया र अफ्रिकाका देशहरुको व्यवसायीहरु तथा व्यवसायीक एशोसिएसनहरु सदस्य रहेका सो चेम्बरको पहिलो पटक नेपाल चेप्टर सुरु भएको हो ।

आफु नेपाल चेप्टरको अध्यक्ष भएपछि अब नेपाल र एसियाका अन्य मुलुकहरु र अफ्रिकाका मुलुकहरुमा व्यवसाय प्रवर्धनमा सहयोग पुग्ने अध्यक्ष डा शम्भु पोखरेलले बताएका छन । वल्र्ड ट्रेड ग्रुप अन्तर्गत नेपालमा बिजनेश टेलिभिजन, सिईओ क्लब, ब्ल्याकहोल आईटि सोलुसन, काठमाण्डौ स्कुल अफ बैंकिङ एण्ड इन्युरेन्स लगायतका दर्जन बढि संस्थाहरु सञ्चालनमा रहेका छन ।