neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युभेन्ट्सको जितसँगै नयाँ सिजनको सुखद सुरुवात

युभेन्ट्सको जितसँगै नयाँ सिजनको सुखद सुरुवात

Sep 15th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ३० भदौ

च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले जितसँगै नयाँ सिजनको सुखद सुरुवात गरेको छ ।मंगलबार राति भएको नयाँ सिजनको पहिलो खेलमा युभेन्ट्सले माल्मोलाई ३-० गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन एलेक्स स्यान्ड्रो,पाउलो डिबाला र अल्वारो मोराटाले एक एक गोल गरे ।

खेलको २३ औं मिनेटमा एलेक्स स्यान्ड्रोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४५ औं मिनेटमा पाउलो डिबालाले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा अल्वारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई ३-० सहज को जित दिलाए ।

जितसँगै समुह (एच) मा रहेको युभेन्ट्सले लिगको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi