काठमाडौ, भदौ २९
केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी अनिस सुन्दासलाई पक्राउ गरेको छ । बारा जिल्ला जितपुर सिमरा उ.म.न.पा.वडा नं.१४ स्थायी घर भई हाल काठमाडौं जिल्ला बुढानिलकण्ठ न.पा.वडा नं.९ गोल्फुटार बस्ने २६ बर्षिय सुन्दासलाई यही भदौ २८ गते काठमाडौंको शुन्दरीजलबाट पक्राउ गरिएको हो ।
सुन्दासले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी लक्ष्मी बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट २०७७ चैत आठ निज प्रतिवादीको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम सात दिन कैद र सात लाख जरिवाना ठहर भएकोमा यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले निज प्रतिबादीलाई सुन्दरीजल, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको हो ।