काठमाडौ, भदौ २८
नेपाल राष्ट्र बैंकले दशैं तिहार लक्षित नयाँ नोटको सटही कार्य यही असोज चार गतेबाट सुरु गर्ने भएको छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरमा नयाँ नोट सटही गर्न लागिएको राष्ट्र बंैंकले जानकारी दिएको छ ।
केन्द्रिय कार्यालय बालुुवाटार, राष्ट्र बैंकको सबै किसिमको प्र्रादेशिक एवं क्षेत्रिय कार्यालय एवं बाँणिज्य बैंक र फाईनान्स कम्पनीहरुबाट नयाँ नोट बितरण गरिने छ । बाँणिज्य बैक, बिकास बैंक तथा फाईनान्स कम्पनीहरुले अहिले नै नयाँँ नोट लगिसकेको र ति बैंकहरुले असोज चार गते देखि नै बितरण कार्य सुरु गर्नेछन ।