neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इटालियन सिरी ए फुटबलमा एसी मिलानको सहज जित

इटालियन सिरी ए फुटबलमा एसी मिलानको सहज जित

Sep 13th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, भदौं २७


इटालियन सिरी (ए) फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा एसी मिलानले लाजियोलाई २-० गोलले पराजित गरेको हो ।

मिलानलाई जित दिलाउन राफेल लियो र ज्लाटन इब्राहिमोविचले एक एक गोल गरे ।

खेलको ४५ औँ मिनेटमा राफेल लियोले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको ६७ औँ मिनेटमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

जितसंगै मिलानले तीन खेलबाट ९ अंक जोडेको छ र दोस्रो स्थानमा छ ।पराजित लाजियोको तीन खेलबाट छ अंक छ र छैठौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi