neapl investment mega bank
  • गृहपृष्ठ
  • बजेट स्वागतयोग्य, नेपाल चेम्बर अफ कर्मश

बजेट स्वागतयोग्य, नेपाल चेम्बर अफ कर्मश

Sep 12th, 2021

काठमाडौ, भदौ २७

नेपाल चेम्वर अफ कमर्सले बजेट स्वागतयोग्य भएको धारणा सार्वजनिक गरेको छ । प्रस्ताबित बजेटमा कोभिड–१९ बाट अतिप्रभावित क्षेत्रका लागि थप राहत प्याकेज ल्याउने, चालु खर्च कटौती गरी बच्ने रकम कोभिड १९ विरुद्धको खोप खरिदमा व्यवस्थापन गर्ने र कोभिड-१९ का कारण शिथिल अर्थतन्त्रको पुनरुत्थान गर्ने व्यवस्था सकारात्मक भएको चेम्वरले जनाएको छ । कोभिड १९ को प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवम असंगठित क्षेत्रमा रहेको अति बिपन्न गरिवलाइ राहत प्याकेजको घोषणा पनि स्वागतयोग्य कदम हुन गएको छ ।

त्यसै गरी पूर्वाधार क्षेत्रको विकाशको लागी लगानीको श्रोत जुटाउन नयाँ ऋणपत्र जारी गरिने प्रस्तावलाइ चेम्वरले सकारात्मक रुपले लिएको छ । बिनियोजन अध्यादेशमा प्रस्ताव गरिएको आन्तरिक तथा वैदेशिक ऋणको अंश घटाइएकोमा चेम्वर स्वागत गर्दछ ।

कृषिबाली तथा पशुबालीको दायरा विस्तार गर्न अनुदानमा बृद्धि गरी ८० प्रतिशत पु¥याउने र कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गरी कृषि क्षेत्रमा किसानहरुको आकर्षण बृद्धि गर्ने, कृषि बाली तथा पशु बीमाको दायरा विस्तार गरी दिइँदै आएको बीमा प्रिमियम अनुदानमा साबिकको ५० प्रतिशतबाट बृद्धि गरी ८० प्रतिशत पु¥याइनु स्वागतयोग्य छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत प्रदेशस्तरमा उत्पादन, प्रशोधन, अनुसन्धान, तालिम एवं प्रसार कार्य नमूनाको रुपमा सञ्चालन गर्न सरकार, निजी क्षेत्र, सहकारी र कृषि सहकार्य समुहहरुको संयन्त्र निर्माण गरी कार्यन्वयन गर्ने प्रबन्ध मिलाएकोमा पनि चेम्वरले स्वागत गर्दछ । यसका अतिरिक्त २०० मेगावाट माथीका जलाशय तथा अर्धजलाशययुक्त जलविधुत आयोजनाका लागि कारोबार सुरु गरेको मितिले १५ वर्षसम्म पुरै र यसपछिको ६ वर्षसम्म ५० प्रतिशत आयकर छुट दिइ लगानीको लागि आकर्षित गर्ने व्यवस्था गरिएकोमा चेम्वरले सकारात्मक रुपले लिएको छ ।

अक्सिजन ग्यास तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई ३ वर्षसम्म शत प्रतिशत र त्यसपछिको २ वर्ष सम्म ५० प्रतिशत कर छुटको व्यवस्था सकारात्मक छ । प्राबिधिक बिधामा अध्ययन गर्ने कक्षा १२ सम्म पढने बिद्यार्थीलाइ पढदै कमाउने कार्यक्रम पनि उत्साहवद्र्धक छ ।बजेट समग्रमा सकारात्मक भएता पनि आन्तरिक राजश्व २५ अर्बले वृद्धि तथा कूल गार्हस्थ्य उत्पादन ७ प्रतिशत वृद्धि गर्ने लक्ष कोभिड १९ ले थलिएको बिषम परिस्थितिको कारणले चुनौतिपूर्ण हुनेछ ।

मर्सले बजेट स्वागतयोग्य भएको धारणा सार्वजनिक गरेको छ । प्रस्ताबित बजेटमा कोभिड–१९ बाट अतिप्रभावित क्षेत्रका लागि थप राहत प्याकेज ल्याउने, चालु खर्च कटौती गरी बच्ने रकम कोभिड १९ विरुद्धको खोप खरिदमा व्यवस्थापन गर्ने र कोभिड- १९ का कारण शिथिल अर्थतन्त्रको पुनरुत्थान गर्ने व्यवस्था सकारात्मक भएको चेम्वरले जनाएको छ । कोभिड १९ को प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवम असंगठित क्षेत्रमा रहेको अति बिपन्न गरिवलाइ राहत प्याकेजको घोषणा पनि स्वागतयोग्य कदम हुन गएको छ ।

त्यसै गरी पूर्वाधार क्षेत्रको विकाशको लागी लगानीको श्रोत जुटाउन नयाँ ऋणपत्र जारी गरिने प्रस्तावलाइ चेम्वरले सकारात्मक रुपले लिएको छ । बिनियोजन अध्यादेशमा प्रस्ताव गरिएको आन्तरिक तथा वैदेशिक ऋणको अंश घटाइएकोमा चेम्वर स्वागत गर्दछ ।

कृषिबाली तथा पशुबालीको दायरा विस्तार गर्न अनुदानमा बृद्धि गरी ८० प्रतिशत पु¥याउने र कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गरी कृषि क्षेत्रमा किसानहरुको आकर्षण बृद्धि गर्ने, कृषि बाली तथा पशु बीमाको दायरा विस्तार गरी दिइँदै आएको बीमा प्रिमियम अनुदानमा साबिकको ५० प्रतिशतबाट बृद्धि गरी ८० प्रतिशत पु¥याइनु स्वागतयोग्य छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत प्रदेशस्तरमा उत्पादन, प्रशोधन, अनुसन्धान, तालिम एवं प्रसार कार्य नमूनाको रुपमा सञ्चालन गर्न सरकार, निजी क्षेत्र, सहकारी र कृषि सहकार्य समुहहरुको संयन्त्र निर्माण गरी कार्यन्वयन गर्ने प्रबन्ध मिलाएकोमा पनि चेम्वरले स्वागत गर्दछ । यसका अतिरिक्त २०० मेगावाट माथीका जलाशय तथा अर्धजलाशययुक्त जलविधुत आयोजनाका लागि कारोबार सुरु गरेको मितिले १५ वर्षसम्म पुरै र यसपछिको ६ वर्षसम्म ५० प्रतिशत आयकर छुट दिइ लगानीको लागि आकर्षित गर्ने व्यवस्था गरिएकोमा चेम्वरले सकारात्मक रुपले लिएको छ ।

अक्सिजन ग्यास तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई ३ वर्षसम्म शत प्रतिशत र त्यसपछिको २ वर्ष सम्म ५० प्रतिशत कर छुटको व्यवस्था सकारात्मक छ । प्राबिधिक बिधामा अध्ययन गर्ने कक्षा १२ सम्म पढने बिद्यार्थीलाइ पढदै कमाउने कार्यक्रम पनि उत्साहवद्र्धक छ ।
बजेट समग्रमा सकारात्मक भएता पनि आन्तरिक राजश्व २५ अर्बले वृद्धि तथा कूल गार्हस्थ्य उत्पादन ७ प्रतिशत वृद्धि गर्ने लक्ष कोभिड १९ ले थलिएको बिषम परिस्थितिको कारणले चुनौतिपूर्ण हुनेछ ।