neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सिल्भाको गोलमा सिटीको जित

Sep 12th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, भदौं २७


इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ। शनिवार राति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १-० गोलले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीलाई जित दिलाउन बर्नार्डो सिल्भाले विजयी गोल गरे ।सिल्भाले खेलको ६२ औँ मिनेटमा गोल गरेका हुन् ।

जितसंगै सिटीले चार खेलबाट नौ अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा छ। पराजित लेस्टर सिटीको चार खेलबाट छ अंक छ र तालिकाको नवौं स्थानमा रहेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi