neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बायर्न म्युनिखको सानदार जित

Sep 12th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, भदौं २७

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले आरबी लाइपजिगलाई मैदानमा ४-१ गोलले पराजित गरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन रोबर्ट लेवान्डोव्स्की ,जमाल मुसिआला,लेरो साने र एरिक म्याक्सिमले एक गोल गरे। आरबी लाइपजिगका कोनराड लाइमरले एक गोल गरे।

खेलको १२ औं मिनेटमा रोबर्ट लेवान्डोव्स्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ४७ औं मिनेटमा जमाल मुसिआलाले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

खेलको ५४ औं मिनेटमा लेरो सानेले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

खेलको ५८ औं मिनेटमा आरबी लाइपजिगका कोनराड लाइमरले गोल गर्दै ३-१ को स्थितिमा ल्याए ।

त्यसपछि इन्जुरी समयमा एरिक म्याक्सिमले गोल गर्दै बायर्नलाई ४-१ को सानदार जित दिलाए ।

जितसँगै बायर्नले चार खेलबाट दश अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा छ ।पराजित आरबी लाइपजिगको चार खेलबाट तीन अंक छ र तालिकाको १३ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi