neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चेल्सीको जितमा लुकाकुको दुई गोल

Sep 12th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, भदौं २७

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ। शनिवार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई ३-० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे भने माटियो कोभासिचले एक गोल गरे ।

खेलको १५ औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ४९ औँ मिनेटमा माटियो कोभासिच गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै चेल्सीले चार खेलबाट दश अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।पराजित एस्टन भिल्लाको चार खेलबाट चार अंक छ र तालिकाको १२औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi