neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

डेब्युमै रोनाल्डोले गरे दुई गोल

Sep 11th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौ २६
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार भएको खेलमा युनाइटेडले न्युक्यासललाई ४–१ गोलले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने ब्रुनो फर्नांडीस र जेस्से लिंगर्डले एक-एक गोल गरे ।युभेन्टसबाट पुरानो क्लब म्यान्चेस्टर युनाइटेड फर्किएका रोनाल्डोले पहिलो खेलमै दुई गोल गर्न सफल भए। रोनाल्डो १२ वर्षपछि म्यान्चेस्टर युनाईटेड फर्किएका हुन् ।

पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५६ औं मिनेटमा न्युक्यासलका जेभियर मन्कुइल्लोले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

तर, खेलको ६२ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई टोलीलाई २-१ ले अघि बढाए।

त्यस्तै,खेलको ८० औं मिनेटमा ब्रुनो फर्नांडीसले पाउल पोग्बाको पासमा गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए।

त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा जेस्से लिंगर्डले पाउल पोग्बाकै पासमा गोल गर्दै युनाइटेडलाई ४-१ को सहज जित दिलाए ।

जितसंगै म्यानचेस्टर युनाइटेडले चार खेलबाट दश अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा उक्लिएको  छ। पराजित न्युक्यासलको चार खेलबाट एक अंक छ र १९ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi