neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

टोटेनहम क्रिस्टल प्यालेससंग पराजित

Sep 11th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौ २६

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सिजनको पहिलो हार ब्यहोरेको छ ।शनिबार भएको खेलमा क्रिस्टल प्यालेसले १० खेलाडीमा समेटिएको टोटेनहमलाई ३-० गोलले पराजित गरेको हो ।

क्रिस्टल प्यालेसलाई जित दिलाउन ओडसन एडवर्डले दुई गोल गरे भने विलफ्राइड जाहाले एक गोल गरे ।क्रिस्टल प्यालेसले सबै गोल दोस्रो हाफमा गरेको हो ।

दोस्रो हाफको ५८ औं मिनेटमा टोटेनहम १० खेलाडीमा समेटिएको थियो । टोटेनहमका जाफेट तानगंगा रातो कार्ड खादै मैदान बाहिरिएका थिए। जसको फाइदा क्रिस्टल प्यालेसले उठायो।

खेलको ७६ औं मिनेटमा विलफ्राइड जाहाले पेनाल्टीमा गोल गर्दै क्रिस्टल प्यालेसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ८४ औं मिनेटमा ओडसन एडवर्डले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि इन्जुरी समयमा एडवर्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसंगै क्रिस्टल प्यालेसले चार खेलबाट पाँच अंक जोडेको छ र तालिकाको ११ औं स्थानमा छ। शीर्ष स्थानको टोटेनहमको चार खेलबाट नौ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi