neapl investment mega bank
  • गृहपृष्ठ
  • कुमारी बैंकले उग्रतारा स्कूलमा वाटर फिल्ट्रेसन प्रणाली जडान

कुमारी बैंकले उग्रतारा स्कूलमा वाटर फिल्ट्रेसन प्रणाली जडान

Sep 10th, 2021

काठमाडौ, भदौ २५

कुमारी बैंक लिमिटेडले साँखुस्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान गरेको छ । अत्यावश्यक भौतिक पूर्वाधारको अभावमा प्रभावकारी पठनपाठन हुननसक्ने कुरालाई मध्यनजर गरी, उक्त विद्यालय व्यवस्थापन संगको समन्वयमा सो फिल्ट्रेसन प्रणाली जडान गरिदिएको छ ।

कुमारी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका ध्यान केन्द्रित क्षेत्रहरुमा शिक्षा एक महत्वपूर्ण स्तम्भ रहेको छ । यस लक्ष्य अनुरुप राष्ट्रको दिगो बिकासको लागीजनताको जीवनमा परिवर्तन ल्याउन एक प्रेरक शक्ति शिक्षा रहेको छ । यस खानेपानी फिल्ट्रेसन प्रणाली जडान गतिविधि लगायत पूर्वाधार विकासका विविध कार्यहरुमा सहयोग पु¥याउँदै आएको बैंकले आगामीदिनहरुमा समाजको दिगो शैक्षिक विकासको प्रवर्धन गर्ने प्रतिबद्धता लिएको छ ।