neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • विश्वकप छनोटमा ब्राजिलको लगातार आठौं जित

विश्वकप छनोटमा ब्राजिलको लगातार आठौं जित

Sep 10th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २५ भदौ

फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिका छनोटमा ब्राजिलले लगातार आठौं जित निकालेको छ ।

शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुलाई २–० गोलले पराजित गरेको हो ।

ब्राजिललाई जित दिलाउन एभर्टन रिबेरो र नेमार जुनियरले एक-एक गोल गरे। ब्राजिलले दुबै गोल पहिलो हाफमा गरेको हो ।

खेलको १४ औं मिनेटमा एभर्टन रिबेरोले नेमारको पासमा गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ४० औं मिनेटमा नेमारले गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए ।

जितसँगै ब्राजिलले ८ खेलबाट २४ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित पेरुको ९ खेलबाट ८ अंक छ र सातौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi