neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई फर्निचर वान स्टोरमा २० प्रतिसतसम्म छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई फर्निचर वान स्टोरमा २० प्रतिसतसम्म छुट

Sep 9th, 2021

काठमाडौ, भदौ २४

बैंक अफ काठमाण्डू लिमिटेड र फर्निचर वान स्टोर बिच बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई २० प्रतिसतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता पश्चात् ग्राहकहरुले फर्निचर वान स्टोरबाट घर तथा अफिसको लागि आवश्यक फर्निचरहरु खरिद वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको २० प्रतिसतसम्म छुट पाउनेछन । फर्निचर वान स्टोरले डिल्लिबजारबाट सेवाग्राहीहरुलाई आवश्यक गुणस्तरिय फर्निचरहरु बिक्री गर्दै आईरहेको छ ।

बैकले ९० शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।