neapl investment mega bank

दशैंमा केएनपीको रंगमा दंग

Sep 9th, 2021

काठमाडौ, भदौ २४

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपिले दशैंको शुभ अवसर पारेर पुनः एक पटक “रङ्गमा दङ्ग” योजना नेपाली बजारमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले केएनपि इम्प्रेसन २४ क्यारेट, माइका मार्बल र एक्सल टोटलको भ्याट सहित हरेक ६० हजार रुपैयाँको खरिद गरी लक्की ड्र मा सहभागी हुन सक्नेछन ।

यस योजनामा लक्की ड्र मार्फत हरेक हप्ता १ जना भाग्यसाली विजेताले २० हजार रुपैैयाँसम्म जित्न सक्नेछन । त्यसैगरी योजना अवधिभर १ जना भाग्यसाली विजेताले पाँच लाख नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन । यसका साथै ग्राहकहरुले हात खाली नजाने उपहार अन्तर्गत एक थान केएनपि थाली सेट प्राप्त गर्न सक्नेछन ।

सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन गर्न सुरु गरेको केएनपि जापानले वातावरण मैत्रि पेन्टलाई प्राथमिकता दिदैं हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको छ । नेपालमा भिओसी रहित पेन्टलाई सशक्त रुपमा आत्मसाथ गर्दै अगाडि बढेको केएनपिले स्वास्थ्य जीवन र स्वच्छ वातावरण को प्रचार–प्रसार गर्दै आएको छ ।