neapl investment mega bank
  • गृहपृष्ठ
  • सभामुखको व्यवहार निष्पक्ष हुनुपर्छ : सचिव भट्टराई

सभामुखको व्यवहार निष्पक्ष हुनुपर्छ : सचिव भट्टराई

Sep 9th, 2021

काठमाडौँ, २४ भदौ /रासस

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको व्यवहार निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । रासससँग कुरा गर्दै आज उहाँले संसद्को आगामी बैठक सञ्चालन हुने/नहुने सापकोटाको भूमिकामा निर्भर रहने बताउनुभयो ।

‘एमालेको सिफारिसबमोजिम १४ सांसदलाई कारबाहीको सूचना प्रकाशनमा सापकोटाले पूर्वाग्रहपूर्ण व्यवहार गरिएकाले’ विरोध गरिएको एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका भट्टराईको भनाइ छ । “सभामुखले दलको सदस्यभन्दा माथि उठेर निष्पक्ष व्यवहार गर्नुपर्छ । पार्टीले अनुशासन वा ह्वीप उल्लङ्घनमा आफ्ना सदस्यलाई कारबाही गर्न सक्छ, सभामुखले त्यसलाई सूचना प्रकाशन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “विगतमा अरु पार्टीले कारबाही सिफारिस गर्दा तत्काल सूचना आएको तर एमालेको पत्रलाई थन्क्याएर सभामुखले हाम्रो पार्टी विभाजनमा सहयोग गर्ने नियत राखेको देखियो । संसद्को ठूलो दललाई गरिएको व्यवहार महँगो र चुनौतीपूर्ण हुन सक्छ ।”