neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पोल्याण्डसंग बराबरीमा रोकियो इङ्ल्याण्ड

पोल्याण्डसंग बराबरीमा रोकियो इङ्ल्याण्ड

Sep 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २४ भदौ

विश्वकप छनोटमा इङ्ल्याण्ड पोल्याण्डसंग बराबरीमा रोकिएको छ । बुधवार राति भएको समूह (आई)को खेलमा इङ्ल्याण्डले पोल्याण्डसंग १-१ गोलको बराबरीमा खेल्दै अंक बाँडेको हो ।

खेलमा इङ्ल्याण्डको लागि ह्यारी केनले एक गोल गरे भने पोल्याण्डको डेमियन स्ज्य्मन्स्किले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता भने इङ्ल्याण्डले लिएको थियो।खेलको ७२ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, इन्जुरी समयमा पोल्याण्डका डेमियन स्ज्य्मन्स्किले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।डेमियन स्ज्य्मन्स्कि वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए ।

बराबरीसँगै इङ्ल्याण्डले ६ खेलबाट १६ अंक जोडेको छ र समूह (आई) को शीर्ष स्थानमा छ । पोल्याण्डको ६ खेलबाट ११ अंक छ र समूहको तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi