neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • डेपेको पहिलो अन्तराष्ट्रिय ह्याट्रिकमा नेदरल्याण्ड्सको जित

डेपेको पहिलो अन्तराष्ट्रिय ह्याट्रिकमा नेदरल्याण्ड्सको जित

Sep 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौं २३

फिफा विश्वकप युरोपियन छनोटमा नेदरल्याण्ड्सले फराकिलो जित निकालेको छ ।मंगलबार राति भएको खेलमा नेदरल्याण्ड्सले १० खेलाडीमा समेटिएको टर्कीलाई ६-१ गोलले पराजित गरेको हो ।

नेदरल्याण्ड्सलाई जित दिलाउन मेम्फिस डिपेले ह्याट्रिक गरे भने डेभी क्लासेन,गुस तिल र डोनेल मालेनले एक-एक गोल गरे ।डिपेको यो पहिलो अन्तराष्ट्रिय ह्याट्रिक हो ।

खेलको पहिलो मिनेटमै डेभी क्लासेनले गोल गर्दै नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको १६ औं मिनेटमा डिपेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।३८ औं मिनेटमा डिपेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

खेलको ४४ औं मिनेटमा टर्की १० खेलाडीमा समेटिएको थियो । टर्कीका कग्लर सोयुन्कु रातो कार्ड खादै मैदान बाहिरिएका थिए। जसको फाइदा नेदरल्याण्ड्सले उठायो।

दोस्रो हाफको ५४ औं मिनेटमा डिपेले व्यक्तिगत तेस्रो गोल गर्दै आफ्नो पहिलो अन्तराष्ट्रिय ह्याट्रिक पुरा गरे र टोलीलाई ४-० ले अघि बढाए।

खेलको ८० औं मिनेटमा गुस तिलले गोल गर्दै टोलीलाई ५-० ले अघि बढाए।

त्यसपछि खेलको ९० औं मिनेटमा डोनेल मालेनले गोल गर्दै नेदरल्याण्ड्सलाई ६-० ले अघि बढाए।

दोस्रो हाफको इन्जुरी समयमा टर्कीका केन्गिज अन्डरले एक गोल गर्दै अंक दुरि घटाएका थिए ।

जितसँगै नेदरल्याण्ड्सले ६ खेलबाट १३ अंक जोडेको छ र समूह (जी) को शीर्ष स्थानमा छ ।पराजित टर्कीको ६ खेलबाट ११ अंक छ र तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi