neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंक लि.द्वारा स्कूल ब्याग, स्टेसनरी सामग्री साथै ट्राफिक जनचेतना मुलक बोर्डहरु हस्तान्तरण कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंक लि.द्वारा स्कूल ब्याग, स्टेसनरी सामग्री साथै ट्राफिक जनचेतना मुलक बोर्डहरु हस्तान्तरण कार्यक्रम सम्पन्न

Nov 28th, 2019

काठमाडौं, १२ मंसिर
महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको न्युरोड शाखाले बुधबारका दिन इन्द्रावती गाउँपालिका – १२ भिमटारमा अवस्थित श्री ढोटरा आधारभूत विद्यालयमा अध्यनरत बालबालिकाको लागि स्कुल ब्याग लगायत स्टेसनरी सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । डा. उत्तम उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी र बैंकका कर्मचारीहरुको उपस्थिती रहेको बैंकले जनाएको छ ।

त्यसैगरी, बैकको मसुरिया शाखाले मंसिर ८ गते आइतबार शाखाको प्राङ्गणमा आयोजित कार्यक्रमकाबीच ट्राफिक जनचेतना सम्बन्धी बोर्डहरु सुदूर पश्चिम प्रदेशका ट्राफिक प्रहरीका प्रहरी उपरक्षीक लोकेन्द्र श्रेष्ठ र अस्थायी ट्राफिक प्रहरी पोष्ट मसुरियाका प्रमुख चक्र बहादुर मल्ललाई संयुक्त रुपमा हस्तान्तरण गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि गौरीगंगा नगरपालिकाका प्रमुख भिम बहादुर देउवा, विशिष्ठ अतिथि सुदूर पश्चिम प्रदेश ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठ लगायत अन्य प्रहरी, बैंकका कर्मचारीहरु र सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता रहेको बैंकले जनाएको छ ।