neapl investment mega bank
  • गृहपृष्ठ
  • बोटलर्स नेपाल (तराई) बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२० जित्न सफल

बोटलर्स नेपाल (तराई) बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२० जित्न सफल

Sep 6th, 2021

काठमाडौ, भदौ २१

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान) ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल) लाई जेनेरल सेक्टर (अन्य) श्रेणी अन्तर्गत “बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड” बाट सम्मानित गरेको छ । उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक बर्ष २०७६/७७ को वार्षिक रिपोर्टको प्रस्तुतीमा उत्कृष्टताका लागि यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो ।

बोटलर्स नेपाल लिमिटेड (बीएनएल) लाई गत बर्ष पनि आईसीएएनले त्यही श्रेणीमा उप–विजेताकोरुपमा पुरस्कृत गरेको थियो । कर्पोरेट प्रशासन र अनुपालन बोटलर्स नेपाल (तराई) लिमिटेडको डीएनएमा आन्तरिक प्रक्रियाहरु र स्थापित पद्धतिको एक परिणामको रूपमा स्थापित रहेका छन् । बोटलर्स नेपाल (तराई) लिमिटेडको विश्वास छ कि उपभोक्ताहरु, आपूर्तिकर्ताहरु, र शेयरधारकहरु सहित सबै सरोकारवालाहरु संग सम्बन्ध बनाइराख्नु निकै महत्वपूर्ण छ । २०२० को लागि बीपीए अवार्ड कर्पोरेट प्रशासन र अनुपालन मापदण्ड दुबै बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडद्वारा लागू गरिएको प्रमाण हो ।

यही भदौ १३ गते आईसीएएनले आयोजना गरेको एक समारोहमा यो अवार्ड सम्मानित इन्स्टिट्युट अफचार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आई.सी.ए.एन) का अध्यक्ष सीए मदन शर्माले राजीव टन्डन, कन्ट्री फाइनान्स म्यानेजर र अशोक मण्डल, बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलरलाई प्रदान गरेका हुन ।

यस अवार्डका बारेमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने,,“बोटलर्स नेपाल (तराई) लिमिटेड आईक्यानद्वारा सम्मानित हुन पाउँदा निकै गर्वान्भित भएका छौं । म सम्पूर्ण टीमप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु जसले हाम्रो पेय पदार्थलाई नेपालीहरुको दैनिक जीवनको एक अहम हिस्सा बनाउँदै सही ढंगले व्यापारको सञ्चालन गर्न लागि पर्नुभएको छ ।”