neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • यौनिक तथा लैङ्गिक समस्या समाधान गर्न पहल गर्ने आश्वासन

यौनिक तथा लैङ्गिक समस्या समाधान गर्न पहल गर्ने आश्वासन

Sep 6th, 2021

काठमाडौँ २१ भदौ /रासस

गृहमन्त्री बालकृष्ण खाँणले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका समस्या समाधान गर्न पहल गर्ने बताउनुभएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासङ्घ नेपाल र निलहीरा समाजका प्रतिनिधिसँग मन्त्रालयमा आज भएको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्रीसँगको भेटमा आफूहरूका माग राखेको र मन्त्रीले समस्याको समाधान गर्न पहल गर्ने बताउनुभएको निलहीरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले बताउनुभयो । टोलीले गृहमन्त्रीसँग तेस्रो लिङ्गीलाई नागरिकता पाउन समस्या भइरहेकाले सहज बनाइदिन आग्रह गरेको थियो ।

त्यस्तै वैवाहिक समानता दिने विषयमा सरकारले समिति बनाएर तयार भएको प्रतिवेदन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा थन्किएकाले त्यसलाई अगाडि बढाउन प्रतिनिधिले आग्रह गर्नुभएको थियो ।

अल्पसङ्ख्यकको परिभाषामा यौनिक तथा लैङ्गिक अल्यसङ्ख्यकलाई नसमेटिएको जनाउँदै उहाँहरूले मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस्तै आफूहरूले जनगणनाका सन्दर्भमा आगामी आइतबार र सोमबार जिल्ला–जिल्लामा कार्यक्रम गर्न लागेको अवगत गराउँदै त्यसमा जिल्ला प्रशासन कार्यालयलाई समन्वयका लागि आग्रह गरेको कार्यकारी निर्देशक ढकालले जानकारी दिनुभयो । मन्त्री खाँणले टोलीको मागमा अवस्था के हो बुझेर समस्या समाधानका लागि पहल गर्ने बताउनभुएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi