काठमाडौ, भदौ २१
नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्ना सबै सेवामा शिक्षकहरुका लागि एक सातासम्म १० प्रतिशत छुटको अफर घोषणा गरेको छ । ‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पताललले यस्तो अफरको घोषणा गरेको हो । यो अफर आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’को दिनबाट सुरु भएर एकसातासम्म रहने अस्पतालले जनाएको छ ।
यो अवधिमा कुनै पनि सरकारी तथा निजी विद्यालयका शिक्षकहरुले अस्पतालका सबै खालका सेवामा १० प्रतिशत छुट पाउनेछन् । यस्तो अफरमा सहभागी हुनका लागि बिरामी भएर आउने शिक्षकले प्रष्ट परिचय खुल्ने परिचयपत्र भने देखाउनुपर्नेछ ।
नर्भिकले यसअघि नै बुबाको मुख हेर्ने दिन र तिजको अवसर पारेर विशेष अफर सार्वजनिक गरी कार्यान्वयनमा ल्याइसकेको छ । यी दुई पर्वको अवसरमा सार्वजनिक अफर अहिले पनि चलिरहेको छ ।