neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग पराजित

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग पराजित

Sep 5th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २० भदौ

दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल भारतसँग पराजित छ ।दशरथ रङ्गशालामा आइतबार सम्पन्न भएको खेलमा भारतले नेपाललाई २-१ गोलले पराजित गरेको हो ।

भारतलाई जित दिलाउन कप्तान सुनील क्षेत्री र फारुख चौधरीले एक-एक गोल गरे ।नेपालका तेज तामाङले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता भारतले लिएको थियो।खेलको ६३ औं मिनेटमा भारतका फारुख चौधरीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

खेलको ८० औं मिनेटमा भारतका कप्तान सुनील क्षेत्रीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ८६ औँ मिनेटमा नेपालका तेज तामाङले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र खेल भारतले जितेको हो ।

बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा हार ब्यहोरेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi