neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

विश्वकप छनोट: बराबरीमा रोकियो फ्रान्स

Sep 5th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २० भदौ

विश्वकप छनोटमा फ्रान्स युक्रेनसंग बराबरीमा रोकिएको छ । शनिबार राति भएको समूह (डि) को खेलमा फ्रान्सले युक्रेनसंग १-१ गोलको बराबरीमा खेल्दै अंक बाँडेको हो ।

खेलमा फ्रान्सको लागि एन्टोनी मार्शलले एक गोल गरे भने युक्रेनको माइकोला शापरेन्कोले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता भने युक्रेनले लिएको थियो।खेलको ४४ औं मिनेटमा माइकोला शापरेन्कोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५० औं मिनेटमा फ्रान्सका एन्टोनी मार्शलले गोल गर्दै खेल १-१ बराबरीमा ल्याए ।

बराबरीसँगै फ्रान्सले ५ खेलबाट ९ अंक जोडेको छ र समूह (डि) को शीर्ष स्थानमा छ । युक्रेनको ५ खेलबाट ५ अंक छ र समूह (डि) को तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi