neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

विश्वकप छनोट: अर्जेन्टिनाको सहज जित

Sep 3rd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १८ भदौ
फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ ।शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले १० खेलाडीमा समेटिएको भेनेजुएलालाई ३-१ गोलले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज,जोक्विन करिया र एन्जेल करियाले एक-एक गोल गरे ।भेनेजुएलाका येफर्सन सोटेल्डोले एक गोल गरे ।

खेलको ३२ औं मिनेटमा भेनेजुएलाका १० खेलाडीमा समेटिएको थियो ।भेनेजुएलाका लुइस मार्टिनेजले रातो कार्ड खादै मैदान बाहिरिएका थिए। जसको फाइदा अर्जेन्टिनाले उठायो।

जितसँगै अर्जेन्टिनाले ७ खेलबाट १५ अंक जोडेको छ र दोस्रो स्थानमा छ ।पराजित भेनेजुएलाको ७ खेलबाट ४ अंक छ र पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi