आधारभूमि संवाददाता
काठमाडौँ, १८ भदौ
फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिका छनोटमा ब्राजिलले लगातार सातौं जित निकालेको छ ।
शुक्रबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई १–० गोलले पराजित गरेको हो ।
ब्राजिललाई जित दिलाउन एभर्टन रिबेरोले विजयी गोल गरे ।रिबेरोले खेलको ६४ औँ मिनेटमा गोल गरेका हुन् ।
जितसँगै ब्राजिलले ७ खेलबाट २१ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित चिलीको ७ खेलबाट ६ अंक छ र सातौं स्थानमा छ ।