neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • विश्वकप यूरोपियन छनोटमा जर्मनीको सहज जित

विश्वकप यूरोपियन छनोटमा जर्मनीको सहज जित

Sep 3rd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १८ भदौ

फिफा विश्वकपको यूरोपियन छनोटमा जर्मनीले सहज जित निकालेको छ ।बिहिबार राति भएको खेलमा जर्मनीले लिक्टेन्सटाइनलाई २-० गोलले पराजित गरेको हो ।

जर्मनीलाई जित दिलाउन टिमो वर्नर र लेरो सानेले एक-एक गोल गरे ।जर्मनीले एक गोल पहिलो हाफ र अर्को गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ४१ औं मिनेटमा टिमो वर्नरले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको ७७ औं मिनेटमा लेरो सानेले गोल गर्दै जर्मनीलाई २-० को जित दिलाए ।

जितसँगै जर्मनीले ४ खेलबाट ९ अंक जोडेको छ र समूह (जे) को दोस्रो स्थानमा छ । पराजित लिक्टेन्सटाइनको अंक विहीन तालिकाको पुछारमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi