neapl investment mega bank
  • गृहपृष्ठ
  • सानिमा बैंकद्वारा तीजको अवसरमा विशेष योजना सार्वजनिक

सानिमा बैंकद्वारा तीजको अवसरमा विशेष योजना सार्वजनिक

Sep 2nd, 2021

काठमाडौ, भदौ १७

हिन्दू महिलाहरुको विशेष पर्वतीजको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिसतसम्म छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ । यसका साथै पहिलो पस कारोबारमा १० प्रतिसत वा पाँच सय रुपैयाँ सम्मको क्यासब्याक प्रदान गरिने छ । यसका अतिरिक्त पाँच सय रुपैयाँ बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गरिने छ । बैंकका अनुसार यो योजना भाद्र ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्नु हुने महिला ग्राहकवर्गहरुका लागि उपलब्ध हुनेछ ।

बैंकले प्रत्येक नारी बचत खाताबापत बैंकको तर्फबाट मासिक एक रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको छ । उक्त कोष अन्तर्गत हाल पाटन अस्पतालबाट निम्न आर्थिक अवस्था भएका महिलाहरुका उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराइदै आएको छ । बंैकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।