neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्षको निधन

सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्षको निधन

Sep 2nd, 2021

इनरुवा, १७ भदौ /रासस

सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ । उहाँको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताउनुभयो ।

चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनुभएको थियो । चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा ९एमाले० का तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुहुनुभएको थियो । चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् । वडाध्यक्षको निधनमा गाउँपालिकाले आज शोक बिदा दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi