neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

विश्वकप छनोट: डेनमार्कको सहज जित

Sep 2nd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १७ भदौ

विश्वकप छनोटमा डेनमार्कले सहज जित निकालेको छ ।बुधबार राति भएको समूह (एफ) को खेलमा डेनमार्कले स्कटल्याण्डलाई २-० गोलले पराजित गरेको हो ।

डेनमार्कलाई जित दिलाउन डानिएल वास र जोकिम माहेलले एक एक गोल गरे ।डेनमार्कले दुबै गोल पहिलो हाफमा गरेको हो ।

खेलको १४ औं मिनेटमा डानिएल वासले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए।

लगत्तै १५ औं मिनेटमा जोकिम माहेलले गोल गर्दै डेनमार्कलाई २-० को जित दिलाए ।

जितसँगै डेनमार्कले ४ खेलबाट १२ अंक जोडेको छ र समूह ९एफ० को शीर्ष स्थानमा छ । पराजित स्कटल्याण्डको ४ खेलबाट ५ अंक छ र समूहको चौथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi