neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

विश्वकप छनोटमा फ्रान्सको बराबरी

Sep 2nd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १७ भदौ

विश्वकप छनोटमा फ्रान्स बोस्निया हेर्जेगोभिनासँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको समूह (डि) को खेलमा फ्रान्सले बोस्निया हेर्जेगोभिनासँग १-१ गोलको बराबरीमा खेल्दै अंक बाँडेको हो ।

खेलमा फ्रान्सको लागि एन्टोनी ग्रिजम्यानले एक गोल गरे बोस्निया हेर्जेगोभिनाको एडिन डजेकोले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता भने बोस्निया हेर्जेगोभिनाले लिएको थियो।खेलको ३६ औं मिनेटमा एडिन डजेकोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ३९औं मिनेटमा फ्रान्सका एन्टोनी ग्रिजम्यानले गोल गर्दै खेल १-१ बराबरीमा ल्याए ।

दोस्रो हाफको ५१ औं मिनेटमा फ्रान्स १० खेलाडीमा सिमित बनेको थियो ।फ्रान्सका जुल्स कोन्डे रातो कार्ड खादै मैदान बाहिरिएका थिए। जसको फाइदा बोस्निया हेर्जेगोभिनाले उठाउन सकेन।

त्यसपछि बाकि समयमा कुनै गोल हुन सकेन र बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीसँगै फ्रान्सले ४ खेलबाट ८ अंक जोडेको छ र समूह (डि) को शीर्ष स्थानमा छ । बोस्निया हेर्जेगोभिनाको ३ खेलबाट २ अंक छ र समूह (डि) को तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi