neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • विश्वकप छनोट :पोर्चुगलको जितसंगै रोनाल्डोको कीर्तिमान

विश्वकप छनोट :पोर्चुगलको जितसंगै रोनाल्डोको कीर्तिमान

Sep 2nd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १७ भदौ

विश्वकप छनोटमा पोर्चुगलले जित निकालेको छ ।बुधबार राति भएको समूह (ए) को खेलमा पोर्चुगलले आयरल्याण्ड २-१ गोलले पराजित गरेको हो ।

पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।आयरल्याण्डको जोन ईगनले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने आयरल्याण्डले लिएको थियो।खेलको ४५ औं मिनेटमा जोन ईगनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, खेल सकिन एक मिनेटअघि (८९औं मिनेटमा) रोनाल्डोले गोल गर्दै खेल १-१ बराबरीमा ल्याए ।

त्यसपछि इन्जुरी समयको छैठौं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

यससँगै रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान तोडेका छन् ।रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १११ पुर्‍याएका छन्।रोनाल्डोले इरानका स्ट्राइकर अली दाईले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी भंग गरेका हुन्।

अली दाइले इरानका लागि सन् १९९३ देखि २००६ सम्म अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक १ सय ९ गोल गरेका थिए । रोनाल्डोले युरो २०२० मा सो कीर्तिमानलाई बराबरी गरेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi