neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट वृक्षरोपण

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट वृक्षरोपण

Sep 1st, 2021

काठमाडौँ, भदौ १६

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं महानगरपालिका–१ नक्सालस्थित नन्दीकेश्वर बगैँचा नारायणचौरमा बुधबार वृक्षरोपण गर्नुभएको छ ।राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालको आयोजना तथा हिमाल अस्पताल कमलपोखरी र वातावरण मैत्री समाज मैतीदेवीको सहकार्यमा वृक्षरोपण कार्यक्रम शुभारम्भ गरी विभिन्न जातका विरुवाहरूको वृक्षरोपण गरिएको हो ।

वृक्षरोपण पश्चात प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बगैँचा संरक्षण तथा संवर्द्धनमा नेपाल प्रहरीको सदैव सहकार्य हुने बताउनुभयो । समुदाय तथा वातावरणसँग जोडिएको विषय भएकोले वृक्षरोपण कार्य महत्व पूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीको साथै सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ, वातावरणमैत्री समाजका अध्यक्ष राधेश्याम मिश्र, उक्त सेवा केन्द्रका पदाधिकारीहरू लगायत हिमाल अस्पताल, सानिमा बैंक र नेपाल यूथ फिटनेसका प्रतिनिधिहरूले समेत वृक्षरोपण गर्नुभएको थियो । उक्त अवसरमा ज्याकारान्डा, रुद्राक्ष, अम्बा, पैँयु लगायत विभिन्न जातका विरुवाहरू रोपिएको छ ।