neapl investment mega bank
  • गृहपृष्ठ
  • बुधवार थप २ हजार ५२ जनामा कोरोना सङ्क्रमण, ३०३० जना डिस्चार्ज, २० को मृत्यु

बुधवार थप २ हजार ५२ जनामा कोरोना सङ्क्रमण, ३०३० जना डिस्चार्ज, २० को मृत्यु

Sep 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौ १६

बुधवार थप २ हजार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १४ हजार ९३५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ६४ हजार २९५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १४ हजार ९३५ जनाको परीक्षण भएको छ । हालसम्म ३९ लाख २५ हजार ७५८ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ३०३० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३०३० जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात १९ हजार ३३६ पुगेको छ ।

थप २० को मृत्यु

पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ७७० पुगेको छ।