neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सेजनसंग सिजेएनको छलफल

Sep 1st, 2021

काठमाडौ, भदौ १६

नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले नेपाल आर्थिक पत्रकार समाज (सेजन) का उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । अध्यक्षका प्रत्यासीसँग आर्थिक पत्रकारिताका विषयमा छलफल भएको होे ।

सेजनको यहीे भदौ १९ गते हुने निर्वाचनमा अध्यक्षमा आषिश ज्ञवाली, जनार्दन बराल र शिरोमणि ढुंगानाले उम्मेदवारी दिने घोषणा गरेका छन् । छलफल कार्यक्रममा बोल्ने अध्यक्षका उम्मेदवारहरुले आर्थिक पत्रकारिताका क्षेत्रमा सशक्त भएर लाग्ने प्रतिवद्धता जनाए । आर्थिक पत्रकारको क्षमता अभिवृद्धि गर्ने र अर्थतन्त्रका विविध विषयमा बहस चलाउने बताएका थिए ।

अध्यक्षका उम्मेदवार आशिष ज्ञवालीले सञ्चार माध्यममा नवप्रवेशी पत्रकारको अभाव भएको भन्दै आर्थिक पत्रकार जन्माउने सेजनले ध्यान दिने बताए । आर्थिक पत्रकारितामा नयाँ कुरा आएकाले सेजनले आर्थिक पक्षका विविध क्षेत्रमा नवप्रववेशी पत्रकारलाई तालिम दिइने बताए ।

सेजनका अध्यक्षका उम्मेदवार जनार्दन बरालले साझा धारणा बनाएर अघि बढ्ने बताए । रिर्पोटिङ तथा डेक्समा म्यानपावर अभाव भएको भन्दै तालिम तथा सीप दिएर इन्टरसीपमा पठाउन सकिने बताए । ‘आचारसंहिता कार्यान्वयन गर्न भूमिका खेल्ने उनले बताए । आर्थिक तथा पत्रकारिताका विद्यार्थीलाई पत्रकारितातर्फ आकर्षित गर्न विश्वविद्यालयसँग सहकार्य गरिने उनले बताए ।

अध्यक्षका उम्मेदवार शिरोमणि ढुंगानाले पारदर्शिता र उत्तरदायित्वमा भूमिका खेल्ने बताए । संस्था बलियो र प्रभावकारी बनाउन ध्यान दिइने बताए । ‘अवसरमा विविधता छ, गुणात्मक काममा ध्यान दिनुपर्छ’ उनले भने ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi