neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अपागंता भएकाहरुलाई आईपीओमा १० प्रतिशत सुनिश्चितता गर्न माग

अपागंता भएकाहरुलाई आईपीओमा १० प्रतिशत सुनिश्चितता गर्न माग

Sep 1st, 2021

काठमाडौ, भदौ १६

अपाङ्गता भएकाहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा सुनिश्चितताको माग गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आङ छोङ्बा शेर्पालेअपाङ्गता व्यक्तिहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा छुट्टाएर सुनिश्चितता गर्न माग गरेका हुन् ।
शेर्पाले म्युच्युअल फण्ड, कर्मचारीलाई पनि आईपीओको प्रतिशत छुट्टाईएको भन्दै अपांगहरुलाई पनि केही प्रतिशत छुट्याउन माग गरे । उनले भने,‘म्युच्युअल फण्ड तथा कर्मचारीलाई आईपीओको प्रतिशत छुट्याईएका छ, तर अपांगहरुलाई छैन, हामीलाई पनि पाँच देखि १० प्रतिशतसम्म छुट्टाउनुपर्छ ।’

उनले धेरै संघ/संस्थाहरुले विदेशबाट रकम ल्याएर आफ्नो दानापानीको व्यवस्था गर्ने भएकोले आफु कुनै संघ/संस्थामा आवद्ध नभएको समेत बताए । शेर्पाले उमेरमै आईपीओ बारेमा जानकारी पाउने मौका नपाएको भन्दै आधा उमेर बितेपछि बुझेर सबै अपांगहरुको लागि केही गर्न खोजेको बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi