neapl investment mega bank
  • गृहपृष्ठ
  • थप १ हजार ६६४ जनामा कोरोना सङ्क्रमण, १७८६ जना डिस्चार्ज, २० को मृत्यु

थप १ हजार ६६४ जनामा कोरोना सङ्क्रमण, १७८६ जना डिस्चार्ज, २० को मृत्यु

Aug 31st, 2021

आधारभूमि संवाददाता

काठमाडौ, भदौ १५

मंगलबार थप १ हजार ६६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १२ हजार २२२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ६२ हजार ६४७ एक पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार २२२ जनाको परीक्षण भएको छ । हालसम्म ३९ लाख १५ हजार १४६ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १७८६ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १७८६ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख १६ हजार ३०६ पुगेको छ ।

थप २० को मृत्यु

पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ७५० पुगेको छ।