आधारभूमि संवाददाता
काठमाडौं, भदौ १५
ललितपुरको महाहलक्ष्मी नगर पालिका वडा नं.७ का जनप्रतिनिधीहरुले विकासको नाममा मनपरी ढंगले काम गर्न थालेको बुझिएको छ । चुनावमा आफ्नो पक्षमा प्रभाव पार्नलाई हिलो र पानी माथि नै लुभु बालकोटको मुख्य बाटोमा हिलोमाथि ढलान गरेको पाइएको छ ।
हिलो माथि नै कुनै ढुङ्गा वा ईटा नबिछ्याई हिलोमाथि नै डण्डी बाधेर ढलान गरेको पाइएको हो । यस अघि पनि करोडौं खर्चेर वडा भवन फागुन मै तयार भई श्रीपञ्चमी दिन उद्घाटन भए पनि वडा कार्यालयको अफिस भाडाकै भवन बाट चल्दै आएको बुझिएको छ ।