neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एम्बाप्पेको दुई गोलमा पीएसजीको जित,मेस्सीको डेब्यु

एम्बाप्पेको दुई गोलमा पीएसजीको जित,मेस्सीको डेब्यु

Aug 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौ १४

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ।आईतबार राति लियोनल मेस्सीको डेब्यु खेलमा पीएसजीले रेइम्सलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । एम्बाप्पेले एक गोल पहिलो हाफ र एक गोल दोस्रो हाफमा गरेका हुन् ।

खेलको १६औँ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ६३ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै पीएसजीले १२ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित रेइम्सको तीन अंक छ र तालिकाको १७ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi