काठमाडौ, भदौ १३
रिलायन्स फाईनान्समा जोखिम बढेको छ । सञ्चालन एवं व्यवस्थापन समितीको कमजोरीकारण फाईनान्समा जोखिम बढेको हो । पछिल्लो समय फाईनान्समा खराव कर्जा उच्च अनुपातमा बढ्नुको प्र्रमुख कारण पनि सञ्चालन एवं व्यवस्थापन पक्षको कमजोरी हो, श्रोतले भनेको छ ।
फाईनान्स स्वंमले सार्वजनिक गरेको आर्थिक बर्ष २०७७–०७८ को अपरिष्कृत बित्तीय बिवरणबाट पनि फाईनान्सको बित्तीय अवस्था कमजोर भएको पुष्टि भएको छ । फाईनान्सका सञ्चालक समितीका अध्यक्ष कुश प्रसाद मल्ली र फाईनान्समा व्यवस्थापन प्रमुखकोरुपमा रहेका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठको कमजोरी र गैरजिम्वेवारीका कारण फाईनान्स कमजोर बनेको हो । फाईनान्समा आव आर्थिक बर्ष २०७७–०७८ खराव कर्जा बढेर चार दसमलव १६ प्रतिसत पुुगेको छ । खराब कर्जा बढ्नुु भनकै फाईनान्सको बित्तीय अवस्था कमजोर हुुनु हो, श्रोतले भनेको छ ।
चुक्ता पुंजी जम्ममा ९१ करोड ५६ लाख ५८ हजार रुपैयाँ रहेको फाईनान्सले २०७७–०७८ मा पाँच अर्ब ८३ करोड ९९ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३९ करोड ९५ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेपनि खुद व्याज आम्दानी खासै सन्तोषजनक छैन । फाईनान्सले सो अवधिमा १५ करोड नौ लाख २८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
फाईनान्सले अघिल्ले आवको सोही अवधिमा भने पाँच अर्ब २० करोड ७४ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २१ करोड ५० लाख २२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाईनान्समा शुन्य दसमलव ९९ प्रतिसत कर्जा खराव रहेको थियो । तर आव २०७७–०७८ भने फाईनान्सले व्यक्तिगत स्वार्थबाट प्ररित भएर कर्जा प्रवाह गरेको छ । सोही आधारमा फाईनान्सले धेरै वटा कर्जाबाट नियमितरुपमा प्राप्त गर्नुुपर्ने सावाँ व्याज प्राप्त गर्न सकेको छैन । सोही आधारमा पनि फाईनान्सको बित्तीय अवस्था थप कमजोर बनेको हो ।