neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चेल्सीसँग बराबरीमा रोकियो लिभरपुल

Aug 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १३ भदौ

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल १० खेलाडीमा समेटिएको चेल्सीसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा लिभरपुललाई चेल्सीले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा लिभरपुलको लागि मोहम्मद सलाहले एक गोल गरे।चेल्सीको काई हाभर्टेजले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता भने चेल्सीले लिएको थियो।खेलको २२ औँ मिनेटमा चेल्सीका काई हाभर्टेजले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा चेल्सी १० खेलाडीमा सिमित बनेको थियो ।चेल्सीका रीस जेम्स रातो कार्ड खादै मैदान बाहिरिएका थिए। जसको फाइदा सिटीले उठायो ।

पहिलो हाफको इन्जुरी समयकै पाँचौं मिनेटमा लिभरपुलका मोहम्मद सलाहले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै लिभरपुलले ३ खेलबाट सात अंक जोडेको छ र तेस्रो स्थानमा छ। चेल्सीको पनि ३ खेलबाट सात अंक छ र दोस्रो स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi