आधारभूमि संवाददाता
काठमाडौ, भदौ १२
शनिवार थप १ हजार ८५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १३ हजार १७६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ५८ हजार आठ एक पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार १७६ जनाको परीक्षण भएको छ । हालसम्म ३८ लाख ८६ हजार ८७८ जनाको पीसीआर परीक्षण गरिएको छ।
थप २२२२ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा २२२२ जनाले कोरोना जितेका छन् ।
यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख १० हजार ४५२ पुगेको छ ।
थप २७ को मृत्यु
पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ६९० पुगेको छ।