neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रधानन्यायाधीश संवैधानिक परिषद्को सुनुवाइमा नबस्ने

प्रधानन्यायाधीश संवैधानिक परिषद्को सुनुवाइमा नबस्ने

Aug 27th, 2021

काठमाडौँ, ११ भदौ /रासस

प्रधानन्यायाधीश चोलन्द्रशम्शेर जबरा संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्न माग गर्दै परेको रिट निवेदनको सुनुवाइमा नबस्ने हुनुभएको छ ।

प्रधानन्यायाधीश जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट विपक्षी बनाइएको मुद्दामा प्रधानन्यायाधीश बस्न नमिल्ने भन्ने प्रश्न उठेपछि उहाँले नबस्ने निर्णय गर्नुभएको हो ।

सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलका अनुसार प्रधानन्यायाधीश राणा उक्त विवादको प्रारम्भिक सुनुवाइ र अन्तिम सुनुवाइका दिन सहजताका लागि बिदामा बस्नुहुनेछ ।

संविधानबमोजिम संवैधानिक इजलास प्रधानन्यायाधीशकै नेतृत्वमा गठन हुने भए पनि संवैधानिक परिषद्ले गरेका नियुक्ति बदर गर्ने मागको विवादमा प्र्रश्न उठेपछि उहाँ इजलासबाट बाहिरिनुभएको हो । उक्त मुद्दाको पेशी अर्को शुक्रबारका लागि तोकिएको छ ।

गत मङ्सिर ३० गते र त्यसपछि जारी भएका अध्यादेशविरुद्ध संवैधानिक इजलास प्रारम्भ हुनेबित्तिकै वरिष्ठ अधिवक्ता शम्भु थापा, दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशले उक्त विवादमा सुनुवाइ गर्न नमिल्ने भनी प्रश्न उठाउनुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi